नारायणगढ : युवाहरुको सक्रियातामा शहिदचोकको मिलन मार्केटमा कपडा पसल संचालनमा आएको छ । वैदेशिक रोजगारीमा गएका १ सय बढि युवाहरुको लगानीमा कपडा पसल संचालनमा ल्याईएको हाे ।
स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्धारा स्थापना गरिएको युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले सञ्चालन गरेको दोस्रो परियोजना ‘ग्रेट वान पेभिलियन’ (उत्कृष्ट एक कपडा भण्डार)को आज अाइरतबार उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतमले दान पेटीकामा रकम जम्मा गरेर उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै गौतमले विदेशमा कमाएको पैसाबाट स्वदेशमा व्यवसाय सञ्चालन गर्नु सकारात्मक भएको उल्लेख गर्दै सामुहिक लगानीबाट ठुलो काम गर्न सकिन्छ भन्ने उदाहरण पेश भएको बताउनुभयो । गौतमले यसबाट अरु युवा व्यवसायीहरु आकर्षित हुने आशा व्यक्त गर्नुभयो ।
रु १ करोड ५० लाखको लगानीमा चितवनको नारायणगढमा खुलेको ‘सम्पूर्ण कपडा भण्डार’ मा बच्चा देखि वृद्धासम्म हुने सबै प्रकारका रेडिमेड कपडा पाईने ग्रेट वान पेभेलियनका प्रबन्ध निर्देशक ईश्वरराज अधिकारीको भनाई छ ।
‘प्रवासीको आम्दानी, स्वदेशमा लगानी, प्रवासीको साथ परिवारको हात’ भन्ने मूल उद्देश्य बोकेको कम्पनीले, एक परिवार एक लगानी, आफ्नै लगानी आफैलाई आम्दानी,’ भन्ने नाराका साथ ‘सम्पूर्ण कपडा भण्डार’को शुरुवात भएको संचालकहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस