धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर र मानव अवशेष भेटियो

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १८ : ४८
धौलागिरि हिमालमा १५ वर्षअघि दुर्घटनाग्रस्त हेलिकप्टर र मानव अवशेष भेटियो

काठमाडौं । धौलागिरि हिमालमा नेपाली सेनाले दुर्घटनाग्रस्त हेलिकप्टर र दुईवटा मानव अवशेष फेला पारेको छ ।नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले वैशाख १५ गते बुधबार धौलागिरि आधार शिवरमा दुई मानव अवशेष र हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिए ।

सन् २००६ मा धौलागिरि हिमाल क्षेत्रमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष हुन सक्ने नेपाली सेनाको भनाइ छ ।मृतकको पहिचान नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको नेपााली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस