एनआईसी एशिया बैंकले सुरु गर्यो इलामको गोदकमा शाखारहित बैंकिङ्क सेवा

शुक्रबार, १६ चैत्र २०७४, १८ : ०३
एनआईसी एशिया बैंकले सुरु गर्यो इलामको गोदकमा शाखारहित बैंकिङ्क सेवा

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले इलामको घट्टाबजारमा चौथो शाखारहित बैकिङ सेवा सुरु गरेको छ । इलाम नगरपालिकाका १० का मानवअधिकार निगारानी समितिका अध्यक्ष चन्द्रमणि गौतमले सो सेवाको सुरुवात गरेका हुन् । 

यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधि  मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले जनाएको छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने जनाइएको छ ।

उक्त बैंकका मुुलुकभर १ सय ८७ शाखा सहित निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ ।  यस बैंकका १ सय ९० एटिएमसहित मुलुककै सबैभन्दा बढी एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । बैंकले ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५,३८५ भन्दा बढि भौतिक सञ्जाल मार्फत बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस