जनता बैंक नेपाल लिमिटेडको एकै साथ ८ शाखाबाट कारोवार सुभारम्भ

शुक्रबार, १६ चैत्र २०७४, १५ : १४
जनता बैंक नेपाल लिमिटेडको एकै साथ ८ शाखाबाट कारोवार सुभारम्भ

यस आर्थिक बर्षको सुरु देखिनै शाखा विस्तारमा निरन्तरता दिएको यस जनता बैंक नेपाल लिमिटेडको एकै साथ ८ नयाँ शाखाबाट कारोवार सुरु भएको छ । कारोवार सुरु गरिएका नयाँ शाखाहरु निम्न लिखित छन् ।

रामपुर शाखा, रामपुर न.पा. ५, पाल्पा
टिकापुर शाखा, टिकापुर न.पा. १, कैलाली
वालिङ शाखा, वालिङ न.पा. ८, स्याङ्जा
महाराजगंज शाख, काठमाडौं महानगरपालिका ३, काठमाडौं
ग्वार्को शाखा, ललितपुर महानगरपालिका ८, ललितपुर
नयाँमिल शाखा, तिलोतमा न.पा. ५, रुपन्देही
दुम्किबास शाखा, बिनयी त्रिवेणी गाउँपालिका १, नवलपरासी
भुरीगाँउ शाखा, ठकुरबाबा न.पा. वडा नं. १, बर्दिया

उल्लेखित शाखा मध्ये रामपुर, टिकापुर र वालिङ शाखाको कारोवार २०७४ चैत्र १५ गते देखि र बाँकि ५ शाखाको कारोवार आज २०७४ चैत्र १६ गते देखि सुभारम्भ गरिएको हो ।

यस सगै बैंकको शाखा संख्या १०६ पुगेको पुगेको छ भने काठमाडौं उपत्यकामा १७ शाखाहरु रहेका छन् । यस अतिरिक्त बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।
बैंकको हाल रु. ५३ अर्ब २४ करोड निक्षेप र रु. ४९ अर्ब ८२ करोड कर्जा कारोवार रहेको छ । बैंकले आ.ब. २०७३÷७४ को मुनाफाबाट बोनस शेयर वितरण गरे पश्चात चुक्ता पुँजी रु. ८ अर्ब ७ लाख पुगेको छ ।  यस सगै राष्ट्र बैंकले तोकेको पुँजी सिमा पुरा भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस