नेपाल इन्भेष्टमेन्ट बैंकको २ शाखा स्थानान्तरण

बुधबार, १४ चैत्र २०७४, १४ : ४०
नेपाल इन्भेष्टमेन्ट बैंकको २ शाखा स्थानान्तरण

भरतपुर । नेपाल इन्भेष्टमेन्ट बैंकले भरतपुर २० चनौली र नवलपरासीको दलदलेमा बुधबार दुई शाखा स्थान्तरण गरेको छ  स्थान्तरण गरिएका २ शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले उद्घाटन गर्नुभयो । बैंकका प्रमुख कार्यकारी रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग ,कृषि व्यवसायमा सहयोग प्रदान गर्ने उदेश्यले शाखा स्थान्तरण गरिएको बताउनुभयो ।

चनौली शाखकाका प्रमुख सुनिल शर्माले बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी नयाँ शाखा सुभारभ्भ गरिएको बताउनुभयो । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ ।

हाल प्रदेश नम्वर १ मा ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३१ वटा, प्रदेश नम्वर ४ मा ५ वटा, प्रदेश नम्वर ५ मा ८ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा पुगेको छ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३ सय बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६२ अर्ब रुपैयाँ रहेको यस बैंकको हाल निक्षेप रु. १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी रु. १ सय १४ अर्ब रुपैयाँ पुगेको छ । बैकले बैंक अफ दि इयर उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने ए वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस