शेयर बजार

हिजो ५२ अंकले ओरालो लागेको नेप्से परिसूचक आज ३९ अंकले उकालोमा

मंगलबार, १३ चैत्र २०७४, १६ : ३५
हिजो ५२ अंकले ओरालो लागेको नेप्से परिसूचक आज ३९ अंकले उकालोमा

 काठमाडौं। सोमबार ५२ अंकले ओरालो लागेको नेप्से परिसूचक मंगलबार ३९ अंकले उकालो लागेको छ। साताको तेस्रो कारोबार दिन २ घण्टामै ३२ अंकले ओरालो लागेको परिसूचक अन्तिम दुई घण्टामा ७३ अंकले उकालो लागेको हो।
मंगलबार कारोबार सुरु भएको एक घण्टा ५० मिनेटसम्ममा ३४.९२ अंकले ओरालो लगेको शेयर बजारमा त्यसपछि सुधार देखिएको छ। २ घण्टा ५७ मिनेटमा बाउन्स व्याक भएर उकालो लाग्न थालेको बजार ४९ अंक हाराहारीसम्म बढेको थियो। त्यसपछि केही करेक्सन भएर बजार ३९.१६ अंकको बृद्धिमा बन्द भएको छ।
सोमबार बजार ५२ अंकले झरेको थियो। त्यसैलाई पच्छ्याउँदै मंगलबार सुरुमा ३५ अंकसम्म ओर्लिएको थियो। दिनभरीमा ५० करोड ६१ रुपैयाँको कारोबार भएको छ। ३.३५ प्रतिशतको सुधारसँगै नेप्से परिसूचक १२०७.७१ विन्दुमा कायम भएको छ। आज १६६ वटा कम्पनीको कारोबार हुँदा ३० वटा कम्पनीका शेयर धनीले मात्रै गुमाएका छन्।
मंगलबार कारोबार भएका १ सय ६६ कम्पनीमा २८ कम्पनीको मूल्य मात्र ओरालो लागेको छ। १० करोड रुपैयाँको कारोबार गरेको नेपाल लाइफ इन्स्योरेन्स धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो। मंगलबार क बर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ८ अंकले उकालो लाग्यो। यस्तै ट्रेडिङ बाहेकका सेयर बजार मापक उपसुचकहरु उकालो लागेका छन् । अर्थमन्त्रीको अभिव्यक्तिलाई लिएर उच्च दरमा नेप्से परिसूचक ओरालो लागेको भन्दै राष्ट्रिय सभामा पनि कुरा उठेको थियो ।
सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सबै भन्दा धेरै एनएमबी माइक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतले कमाएका छन् भने जानकी फाइनान्सका शेयरधनीले ३.८ प्रतिशतले गुमाएका छन्। व्यापारको उपसूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक उकालो लागेको छ। व्यापार समुहको उपसूचक १.४९ प्रतिशतले घटेको छ। होटलको उपसूचक सबै भन्दा धेरै ७.५६ प्रतिशतले बढेको छ। 

प्रतिक्रिया दिनुहोस