एक हजार तीन सय बिघामा मेन्था खेती

मंगलबार, १३ चैत्र २०७४, १४ : ५३
एक हजार तीन सय बिघामा मेन्था खेती

कलैया । बाराको मनहर्वास्थित नेचुरल रिसिस प्रालिले यसवर्ष एक हजार तीन सय बिघामा मेन्था खेती गरेको छ । आर्थिक वर्ष २०७३७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी रु ६ करोड बराबरको आठ हजार एक सय किलो उत्पादन गरेको थियो ।

क्यामोमाइल तेल प्रतिबिघा चारदेखि पाँच किलो उत्पादन हुन्छ । प्रतिकिलो रु २१ का दरले बिक्री हुने गरेको सो लिमिटेडका प्राविधिक सल्लाहकार अजयकुमार जसवालले बताउनुभयो ।

यस्तै, मेन्था तेल प्रतिबिघा एक सयदेखि १५० किलो उत्पादन हुन्छ भने प्रतिकिलो रु एक हजार ५० का दरले बिक्री हुन्छ । (रासस)

प्रतिक्रिया दिनुहोस