जोटाको निर्णायक गोलमा लिभरपुलको जित

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १० : ५८
जोटाको निर्णायक गोलमा लिभरपुलको जित

काठमाडौं । डिएगो जोटाले गरेको एक मात्र गोल मद्दतमा साविक विजेता लिभरपुलले प्रिमियर लिगमा वल्भसलाई पराजित गरेको छ ।

वल्भ्सको मैदानमा भएको खेलमा लिभरपुलले १-० को कठिन जित हात पारेको हो । वल्भ्सका पूर्वखेलाडी जोटाले पहिलो हाफको इन्जुरी टाइममा साडियो मानेको पासमा गोल गरेका थिए । त्यही गोल लिभरपुललाई ३ अंक दिलाउन पर्याप्त बनेको हो ।

जितपछि २९ खेलबाट ४६ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा उक्लेको छ । एभरटन समान अंक भए पनि गोलअन्तरमा लिभरपुल अघि रहेको हो ।

यस सिजन खराब प्रदर्शन गरिरहेको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले पछि छ ।वल्भ्स २९ खेलबाट ३५ अंकसहित १३औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस