भारतीय खेलाडी रिद्धिमानको विस्फोटक ब्याटिङ्ग, २० बलमा शतक

एजेन्सी

आइतबार, ११ चैत्र २०७४, १३ : ०३
भारतीय खेलाडी रिद्धिमानको विस्फोटक ब्याटिङ्ग, २० बलमा शतक

भारतीय विकेट किपर ब्याट्सम्यान रिद्धिमान साहाले टि – ट्वान्टी क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन् । रिद्धिमानले २० बलमा शतक प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरेका हुन् ।

जेसी मुखर्जी ट्रफी अन्तर्गत मोहन बगान का रिद्धिमानले बिएनआर रिक्रियसन क्लब कालिघाटविरुद्ध २० बलमा १०२ रन बनाएका हुन् । मोहन बगानलाई १० विकेटको जित दिलाउन रिद्धिमानले १४ छक्का र ४ चौका प्रहार गरेका थिए । उनले मात्र १२ बलमा अर्धशतक पुरा गरेका थिए ।

रिद्धिमानको यो प्रदर्शन  टि – ट्वान्टी क्रिकेटमा सबैभदा चाँडो शतक हो । तर, उनको यो प्रदर्शनलाई आईसीसीले कीर्तिमानको मान्यता भने दिने छैन । टि – ट्वान्टी क्रिकेटमा सर्वा्धिक चाँडो शतक बनाउने किर्तिमान वेष्ट इण्डिजमा क्रिस गेलको नाममा रहेको छ । गेलले ३० बलमा शतक प्रहार गर्दै किर्तिमान बनाएका हुन् ।

योसँगै ३३ बर्षीय रिद्धिमानले इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ सिजन सुरुअघि आफु लयमा रहेको प्रमाणित गरेका छन् । रिद्धिमानले यो सिजनको आइपिएल सनराइजर्स हैदरावादबाट खेल्दै छन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस