नेपाल विद्युत प्राधिकरण भन्छ : लोडसेडिङ गरेका छैनौं

आइतबार, ११ चैत्र २०७४, १२ : ३७
नेपाल विद्युत प्राधिकरण भन्छ : लोडसेडिङ गरेका छैनौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्ययका लगायत मुलुकभर घोषित-अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको र गर्नु पर्ने अवस्था समेत नरहेको प्रष्ट पारेको छ ।

विहिवारमात्रै उर्जा मन्त्रीले एसईई परीक्षाभर लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए ।

औद्योगिक ग्राहकलाई केही घण्टाको  लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिंदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भनी बुझ्नु भएन ।’

शुख्खायामसँगै सुरु भएको हावाहुरीले विद्युत प्रसारण तथा बितरण प्रणाली टिपिङ हुँदा विद्युत आपूर्तिमा समस्या हुने गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस