चौथो टी २० क्रिकेटमा अस्ट्रेलियाको  जित , अन्तिम टेष्ट निर्णायक हुने

रासस

शुक्रबार, २१ फागुन २०७७, १६ : ०८
चौथो टी २० क्रिकेटमा अस्ट्रेलियाको  जित , अन्तिम टेष्ट निर्णायक हुने

काठमाडौं । अस्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको चौथो टी २० क्रिकेटमा अस्ट्रेलियाले ५० रनको जित हात पारेको छ ।यस जितपछि अस्ट्रेलियाले पाँच खेलको सिरिजमा २-२ को बराबरी गरेको छ । अब सिरिजको पाँचौ खेल निर्णायक हुने भएको छ ।

विलिङटनमा शुक्रबार भएको खेलमा अस्ट्रेलियाले दिएको १५७ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १८ ५ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनाउन सक्यो ।

न्युजिल्याण्डका लागि केली जेमिसनले सर्वाधिक ३० रन बनाए भने टिम सेइफार्टले १९ र डेभोन कोनवेले १७ रन बनाए ।

न्युजिल्याण्डलाई अलआउट गर्न अस्ट्रेलियाका केन रिचार्डसनले ३ विकेट लिए । यस्तै अस्टन अगर, एडम जाम्पा र ग्लेन म्याक्सवेलले २र२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले अविजित रहदै ७९ रन बनाए ।

यस्तै मार्कुस स्टोनिसले १९, ग्लेन म्याक्स्वेलले १७,म्याथ्यु वेडले १४ र जोस फिलिपले १३ रन जोडे ।न्युजिल्याण्डका इश सोधीले ३ तथा ट्रेण्ड बोल्टले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस