राजनीती

बाम गठबन्धनको दुई तिहाई पक्का : प्रचण्ड

मंगलबार, १२ मंसिर २०७४, १४ : १९
बाम गठबन्धनको दुई तिहाई पक्का : प्रचण्ड

चितवन । नेकपा (माओबादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचनमा दुई तिहाई सिट बाम गठबन्धनको आएको दाबि गर्नु भएको छ  । पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनाबि सभालाई संम्बोधन गर्दै उहाँले पहिलो चरणको निर्वाचनमा दुई तिहाई सिट आईसकेको र त्यसैलाई आधार मानेर दोस्रो चरणको निर्वाचनमा पनि बाम गठबन्धनले दुई तिहाई ल्याउने बताउनु भएको हो ।

दाहालले आउँदो ५० बर्ष सम्म नेपालमा बाम गठबन्धनको सरकार रहने भन्दै यसले देशलाई सम्बृद्ध बनाउने बताउनु भयो । चितवनको माटोमा टेकेर आँफुले देशलाई सम्बृद्धि तर्फ लैजाने दाहालको भनाई थियो । अबको बाम गठबन्धनको सरकार स्थिर सरकार बन्ने भन्दै उहाँले भन्नु भयो “अब देशमा सम्बृद्धि आउँछ ।” शान्ति प्रकृयाको एक जना हस्ताक्षर कर्ता आँफु जीबित रहेको भन्दै उहाँले स्व. गिरिजा प्रसाद कोईरालाले यो देशका लागि प्रचण्ड आबश्यक रहेको बताएको स्मरण गर्नु भयो ।

दाहालले आग्रह गर्नु भयो “शान्ति सम्झौताको एक जना हस्ताक्षर कर्ता गिरिजाबाबु अहिले हुनुहुन्न उहाँको संकल्प पनि मैलेनै पुरा गर्नु पर्छ ।” त्यसका लागि चितवनबासिको मत आँफुलाई आबश्यक पर्ने उहाँले बताउनु भयो । सामान्य किसानको छोरो आँफु युद्ध, शानित प्रकृया र संसदिय व्यवस्था हुँदै अब संम्बृद्धिका लागि जनतामाझ आएको दाहालले बताउनु भयो । चितवनले आँफुलाई प्रचण्ड बनाएको भन्दै उहाँले चितवन बाटै मुलुकमा संम्बृद्धिको यात्रा थालिने बताउनु भयो । उहाँ चितवन क्षेत्र नम्बर ३ को बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस