विप्लव नेतृत्वको नेता धर्मेन्द्र बास्तोला  रिहा

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, ११ : ३५
विप्लव नेतृत्वको नेता धर्मेन्द्र बास्तोला  रिहा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ ।

शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले आज बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको बताए ।

यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस