नेकपाको ओली पक्ष र प्रचण्ड–नेपाल पक्षको संसदिय दलको बैठक बस्दै, काँग्रेसको पनि आजै २ बजे

सफल खबर संवाददाता

शुक्रबार, २१ फागुन २०७७, ११ : १८
नेकपाको ओली पक्ष र प्रचण्ड–नेपाल पक्षको संसदिय दलको बैठक बस्दै, काँग्रेसको पनि आजै २ बजे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै समुहको संसदिय दल र काँग्रेसको संसदिय दलको बैठक आज बस्दै छ । संसद पुर्नस्थापना भएसंगै यि दलहरुको संसदिय दलको बैठक बस्न लागेको हो । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा दुवै नेकपा र काँग्रेसले संसदीय दलको बैठक बोलाएका हुन् ।

नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ भने ओली पक्षले आइतबार ३ बजे दलको बैठक डाकेको छ ।प्रचण्ड–माधव पक्षले आज बोलाएको बैठकमा प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सो पक्षले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । यस्तै, नेपाली काँग्रेस संसदीय दलको बैठक पनि शुक्रबारै बस्दैछ । काँग्रेसले दिउँसो २ बजेलाई दलको बैठक बोलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस