कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला

पत्रपत्रिकाबाट

विहीबार, २० फागुन २०७७, ०७ : ३०
कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गोंगबु हत्याकाण्डमा कल्पना मुडभरीलाई आजीवन कारावासको फैसला गरेको छ ।

गत साउन २५ मा काठमाडौंको गोंगबुमा दाङका कृष्णबहादुर बोहरा हत्याकाण्डमा संलग्न मुडभरीलाई हत्याको सजाय सुनाएको हो । 

जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले हत्या गरेको ठहर गर्दै मुडभरीलाई जीवनभरको कारावास रहन ठहर गरेको हो । बोहराको हत्यापछि गत साउनमै मुडभरी र उनकी छोरीलाई समेत पक्राउ गरेको थियो ।

अदालतले छोरीलाई भने सफाइ दिएको नागरिक दैनिकमा खबर छ । बोहराको शव टाउको र खुट्टा काटिएको अवस्थामा सडकमा फेला परेको थियो । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस