मेडिकल   काउन्सिलको परीक्षाफल प्रकाशित

पत्रपत्रिकाबाट

बुधबार, १२ फागुन २०७७, ०७ : ५५
मेडिकल   काउन्सिलको परीक्षाफल प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा मेडिकलतर्फ ५५ दशमलव ७५ र डेन्टलतर्फ ४४  दशमलव  ८५  प्रतिशत  विद्यार्थी  उत्तीर्ण  भएका  छन्  ।

 काउन्सिलका  रजिस्टार  तथा  प्रवक्ता  डा.  कृष्णप्रसाद  अधिकारीले  गत  फागुन  ९,  १०  र  ११  गते  लिएको  चिकित्सक  नाम  दर्ता  (लाइसेन्स)  परीक्षामा  सहभागीमध्ये  मेडिकलतर्फ  ६५४  र    डेन्टलतर्फ  ९४  जना परीक्षार्थी उत्तीर्ण भएको जानकारी दिए । 

उनले परीक्षामा  मेडिकलतर्फ  एक  हजार  १६४  र  डेन्टलतर्फ  २०९  गरी  जम्मा  एक  हजार  ३७३  जना  परीक्षार्थीले  परीक्षा  दिएको  बताए ।  हाल  काउन्सिलमा  एमबीबीएसमा  २४  हजार  १४  र  बीडीएसमा  तीन  हजार  ६६३  गरी  २  हजार  ४७७  जना  चिकित्सक  दर्ता  भएका  छन्  ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस