ताजा जनादेशका लागि देश निर्वाचनमा गयोः मुख्यमन्त्री राई

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, १४ : ३६
ताजा जनादेशका लागि देश निर्वाचनमा गयोः मुख्यमन्त्री राई

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय सदस्य एवं प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले ताजा जनादेशका लागि देश निर्वाचनमा गएको बताउँदै निर्वाचन आयोगले पनि तयारीमा लागि सकेको बताए । 

अन्य दलहरु पनि कुनै नकुनै रुपमा चुनावको तयारीमा लागि सकेको बताउँदै उनले प्रचण्ड–माधव समूहले पनि छुट्टै पार्टी दर्ता गराएर चाँडै चुनावमा जाने तयारी गरिरहेको दावी  गरे । विराटनगरमा नेकपा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले राजनीति स्थायीत्वका लागि आलीलाई प्रधानमन्त्री बनाउन जनादेशमा जानुको विकल्प नरहेको बताए । 

आफ्नै पार्टीको दुई तिहाई सरकारलाई ढालेर फोहरी खेल गरेको कारण प्रधानमन्त्री ओलीले जनादेशमा जाने निर्णय गरेको बताउँदै उनले खुमलटारमा दर्ता भएको दहाल, नेपाल, खनाल दर्ता भएको कम्पनीले देशमा अस्थिरता कायम गरी देश कब्जा गर्ने कित्ता निर्माण गरेको टिप्पणी गरे । उनले भने, यो कित्ताको यात्रा निकै गाह्रो हो ।’

आफूहरुको कित्ता र स्थायीत्व र शािन्तको लागि रहेको दावी गर्दै उनले त्यसका लागि जनादेशमा गएको बताए ।दुईटा कित्ताको बीचमा लडाई रहेको बताउँदै उनले प्रचण्ड–माधव समूहले विधि र प्रकृयाको खिल्ली उठाएको बताए । प्रदेशमा पनि भाडभैलो अपनाउन खोजेको बताउँदै उनले प्रदेशलाई आफूले जोगाउने बताए । अगामी जनादेशबाट प्रधानमन्त्री अ‍ोलीको नेतृत्वमा आउने र देशको अभिभारा पुरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस