सन्दिपलाई आईपीएल अक्सनमा कुनै टिमले पनि अनुबन्ध गरेन

सफल खबर संवाददाता

विहीबार, ०६ फागुन २०७७, १९ : ००
सन्दिपलाई आईपीएल अक्सनमा कुनै टिमले पनि अनुबन्ध गरेन

काठमाडौं। नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १४औं संस्करणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेको छैन ।

आज भारतको चेन्‍नईमा भएको अक्सनको पहिलो चरणमा लामिछानेलाई कुनै पनि टिमले अनुबन्ध नगरेको हो। लामिछानेको आधार मूल्य ४० लाख भारतीय रूपैयाँ रहेको थियो।
 
 

प्रतिक्रिया दिनुहोस