भागरथी हत्याको आठौं दिनः दोषी अझै पत्ता लागेन, ठाउँठाउँमा प्रदर्शन

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०७ : ०३
भागरथी हत्याको आठौं दिनः दोषी अझै पत्ता लागेन, ठाउँठाउँमा प्रदर्शन

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा एक साता बित्दा पनि पत्ता लाग्न सकेको छैन।

भागरथीको बलात्कार र हत्या अनुसन्धानमा प्रहरी अझै अन्योलमा छ। प्रहरीले अपराधी पत्ता लाग्ने कुनै ठोस प्रमाण भेटाउन सकेको छैन।

तराईको तुलनामा थौरै जनसंख्या र बाहिरी मान्छेको चहलपहल न्यून हुने ठाउँमा अहिलेसम्म हत्यारा पत्ता नलाग्दा भागरथी हत्या घटना पनि निर्मला पन्तको जस्तै जटिल बन्दै गएको छ। प्रहरीले भने प्रविधिको सहयोगबाट हत्यारा पत्ता लाग्ने विश्वास लिएको छ।  

नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता मुकेश सिंहले घटनास्थलबाट संकलन भएका तथ्य र प्रमाणहरूको जाँचपछि हत्यारा पत्ता लाग्ने बताए।

घटनास्थलबाट संकलन भएको रगत, मोबाइललगायत तथ्य संकलन गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको उनले बताए।

‘केही व्यक्तिलाई हामीले शंकाको घेरामा राखेका छौं,’ उनले भने, ‘संकलित तथ्य र प्रमाणको जाँच रिपोर्टका आधारमा छिट्टै अपराधी पत्ता लाग्नेछ।’ भागरथीको बलात्कार र हत्या एकजनाले गरेको हो वा समूहले भन्ने पनि अझै खुल्न सकेको छैन।

अहिलेसम्म भागरथीका हत्यारा पत्ता नलाग्नुले घटना योजनाबद्ध हुनसक्ने स्थानीयको अनुमान छ। नगरिक दैनिकमा खबर छ  

प्रतिक्रिया दिनुहोस