लक्की मिडियाले बार्षिकोत्सव मनाउँदै

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, १० : ५४
लक्की मिडियाले बार्षिकोत्सव मनाउँदै

चितवन । लक्की मिडिया हाउसले आफ्नो गौरवमय पांँचौ बार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको छ । पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांँग्रेसका प्रभावशाली नेता गगन थापाको प्रमुख आतिथ्यतामा यही फागुन ३ गते भरतपुरको सिजी ल्याण्डमार्कको चितवन सिनेप्लेक्स हलमा मनाउन लागिएको हो ।

बार्षिकोत्सवको शुभकामना तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथिमा वरिष्ठ कलाकार नीर शाह, यस्तै अन्य कलाकारमा सौगात मल्ल, बिपिन कार्की ,रोशनी केसी, चेतबहादुर सिंह ‘राजा’ अतिथिको रुपमा आउनुहुने कार्यक्रम रहेको छ । यस्तै कार्यक्रममा गायिका जुनु गौतम, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यत्तित्व, नेता तथा समाजसेवी लगायतका व्यक्तित्व रहने र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मिडिया हाउसका महाप्रबन्धक हरी कार्की ‘लक्की’ ले जानकारी दिए ।


‘हामीले कोरोनका कारण ढिलै भए पनि पांँचौ बार्षिकोत्सव मनाउन लागेका छौं उहाँले भन्नुभयो, कार्यक्रमको मिति तय गरी तयारीको अन्तिम चरणमा पुगेका छौं ।’ उनका  अनुसार कार्यक्रममा विभिन्न क्षेत्रमा समाज रुपान्तरणका लागि योगदान तथा भूमिका खेल्नु भएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ । ‘अघिल्ला बार्षिकोत्सव जस्तै यस बर्ष पनि हामीले विभिन्न क्षेत्रबाट योगदान दिनु भएका व्यत्तित्वलाई सम्मान गर्दैछौं , यो हाम्रो दायित्व पनि हो ।’ कार्कीले भने ।

सय जना भन्दा बढी आमन्त्रित पाहुनाहरुका साथ मनाईने बार्षिकोत्सवमा साहित्यकार झमक घिमिरेद्धारा लिखित चलचित्र ‘जीवन कांँडा की फूल’ प्रर्दशन गरिने महाप्रबन्धक कार्कीले बताए । कोरोनाको प्रभाव कम हुदै गएपनि मिडिया हाउसले स्वास्थ्य मापदण्ड अपनाएर बार्षिकोत्सव मनाउन लागिएको कार्कीको भनाई छ ।स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । 

नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस