काठमाडौं । नेपालले कोभ्याक्समार्फत २० लाख बढी डोज कोरोनाविरुद्धको खोप पाउने भएको छ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले २० लाख भन्दा बढी डोज भ्याक्सिन नेपालले पाउन लागेको जानकारी दिएकी हुन् । उनका अनुसार आगामी महिना खोप नेपाल आउनेछ ।
‘बेलायत सरकारको कोभ्याकसलाई करिब साढे सात खर्ब (५५० मिलियन पाउण्ड) रकमको सहयोगले नेपाललाई २० लाख भन्दा बढी डोज खोप आगामी महिनामा आइपुग्ने भएकोले निकै हर्षित छु’, उनले ट्वीटरमार्फत भनेकी छिन्, ‘ नेपाल सरकार परराष्ट्र मन्त्रालयल, विश्व स्वास्थ्य संगठन नेपाल र युनिसेफ नेपालसँगको सहकार्यमा खोप वितरण हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ माघ २०७७, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चौंरी खर्क पुगेर बालबालिकालाई लगाइयो खोप
आयो फोक्सो क्यान्सरविरुद्धको खोप
बागमतीका ७१ हजार ९ सय पशुलाई लगाइयो खोप
लमजुङका दुई लाख २८ हजार पशुलाई खोप
आजदेखि उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान
कैलालीका ३ लाख ८३ हजार पशु चौपायालाई लगाइयो खोप