संसद विघटन विरुद्ध सडक संघर्षमा प्रचण्ड-माधव समूह, शुक्रबार काठमाडौंमा एक लाख मान्छे उतार्ने तयारी

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, १३ : ३७
संसद विघटन विरुद्ध सडक संघर्षमा प्रचण्ड-माधव समूह, शुक्रबार काठमाडौंमा एक लाख मान्छे उतार्ने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले सडक संघर्षलाई सशक्त बनाउँदै छन्। प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा कम्तिमा १ लाख मानिस उतारेर विशाल सभा गर्ने भएको छ। 

सभामा  कम्तिमा १ लाख मानिस उतार्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका सचिव विजय पौडेलले  बताए।

‘हामीले धेरै टाढाबाट जनतालाई बोलाएका छैनौ, धादिङ, नुवाकोट र काभ्रेपलाञ्चोक आसपासकालाई मात्रै बोलाएका छौं,’ उनले भने, ‘प्रतिगमनविरूद्ध मानिसहरू आक्रोशित छन्, त्यसैले उनीहरू आन्दोलनका लागि उत्साहीत देखिएका छन् ।’ उनले शुक्रबारको आन्दोलन परीक्षा भएको समेत बताए।

प्रदर्शन र सभाबारे सम्पूर्ण जानकारी आज दिउँसो २ बजे हुने पत्रकार सम्मेलनमा दिइने समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस