दीपज्योतिको २६ औं बार्षिकोत्सव सम्पन्न

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, १७ : १२
दीपज्योतिको २६ औं बार्षिकोत्सव सम्पन्न

चितवन । दीपज्योति अभिवृद्धि बचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवस एबं २६ औं बार्षिकोत्सव समारोह आज भरतपुरमा सम्पन्न भएको छ । 

सभाको उद्घाटन गर्दै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक तेजेन्द्र बहादुर खड्काले दीपज्योति जिल्लामा नमुना सहकारीको रुपमा बिकास भएको बताए । सहकारीहरु एक आपसमा गाभिएर ठूला र व्यवस्थित हुनु पर्नेमा उनले जोड दिए । 

कार्यक्रममा जेष्ठ सदस्य गिरिप्रसाद न्यौपाने, भगवती घिमिरे, तुलसीराम आचार्य लगायतले बोलेका थिए । बार्षिकोत्सव कार्यक्रममा २२ जना जेष्ठ सदस्य, शेयर सदस्य परिवारका दुई जना विद्यावारिधि गरेका र एसइइमा उत्कृष्ट अंक ल्याउने पाँच जनालाई सम्मान गरिएको थियो । 

संस्थाले मुक्तिनगर टोल बिकास संस्थालाई १५ थान र सिद्धिबिनायक गणेश मन्दिरलाई १० थान कुर्सी सहयोग गरेको छ । सहकारीको केन्द्रीय कार्यालय रहेको मुक्तिनगर टोल बिकास संस्थालाई हरेक वर्ष बार्षिकोत्सवमा सहयोग गर्दै आइएको छ । कार्यक्रम संस्थाका अध्यक्ष भोला सिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो । 

कार्यकारी अधिकृत उमेश पौडेलका अनुसार वि. सं. २०५१ साल माघ ७ गते २८ जना शेयर सदस्यले रु १ हजार जम्मा गरेर स्थापना गरेको यस सहकारीमा हाल ५३ करोड पुँजी पुगेको छ । शेयर सदस्य चार हजारभन्दा बढी छन् ।

प्रतिक्रिया दिनुहोस