अनेरास्ववियू एनपिआइ क्याम्पस कमिटिमा नयाँ नेतृत्व

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, १७ : ००
अनेरास्ववियू एनपिआइ क्याम्पस कमिटिमा नयाँ नेतृत्व

चितवन । अनेरास्ववियू एनपिआइ क्याम्पस कमिटिको मंगलबार सम्पन्न भेलाले नारायण पौडेलको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ ।

अनेरास्ववियू केन्द्रीय सदस्य अशोक देवकोटा प्रमुख अतिथि रहेको भेलाले ५१ सदस्यीय क्याम्पस कमिटि गठन गरेको हो । नवगठित क्याम्पस कमिटिको वरिष्ठ उपाध्यक्षमा सन्दिप थापा क्षेत्री, उपाध्यक्ष मा बेबिन बुढाथोकी, सचिवमा उमेश घले, सहसचिवमा कृपा कँडेल र सन्तोष ढकाल, कोषाध्यक्षमा श्रीषा रज्यलक्ष्मी राणा रहेका छन् ।

साबिक अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष सुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा अनेरास्ववियू एनपिआइ पूर्वअध्यक्ष साकार लामा, अनेरास्ववियू जिल्ला प्राबिधिक इन्जार्ज सतिस ढकाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस