काठमाडौं । जेष्ठ नागरिकलाई साक्षर बनाउने अभियानमा संलग्न एजिङ् नेपाल नामक संस्थाले किङ् सेजोङ् साक्षरता पुरस्कार प्राप्त गरेको छ । विश्वका दुई देशका संस्थाले पाएको सो पुरस्कार मध्य नेपालको सो संस्थाले २० हजार अमेरिकी डलर राशीको पुरस्कार पाएको हो ।
सन् २०२० का लागि प्रदान गरिएको सो पुरस्कार बेलायतको वर्ल्ड स्कुलले पनि पाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कृष्णगोपाल श्रेष्ठले एजिङ् नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ् मास्टर)लाई किङ् सेजोङ् युनेस्को पुरस्कार हस्तान्तरण गरे ।
पुुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली संस्थाले यती ठुलो राशीको पुस्कार पाउनु गौरबको विषय भएको बताए । पुरस्कृत संस्थाका अध्यक्ष गौतमले संस्थाको टीमले गरेको अथक मेहेतनको कारण विश्व चर्चित पुरस्कार पाउन सफल भएको बताए ।
पुरस्कारका लागि विश्वभरिका ७६ संस्थाहरुको सिफारिस परेको थियो । कोरियाका चौथो राजा सेजोङको नाममा सो पुरस्कार स्थापित भएको हो । पुरस्कार सन् १९८९ मा स्थापना भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०७७, १८ : ५३
लेखकबाट थप