ओली र प्रचण्ड–नेपाल समूहका कार्यकर्ता बिच हुम्लामा झडप, वडाध्यक्ष घाईते

सफल खबर संवाददाता

सोमबार, ०५ माघ २०७७, १० : १७
ओली र प्रचण्ड–नेपाल समूहका कार्यकर्ता बिच हुम्लामा झडप, वडाध्यक्ष घाईते

सिमकोट । नेकपा दुई खेमामा बाँडिएसँगै ओली र प्रचण्ड–नेपाल समूहका कार्यकर्ता बिच हुम्लामा झडप भएको छ । झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन्। 

वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका हुन् । थापाको टाउको तथा मुखमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइएको छ । 

प्रतिक्रिया दिनुहोस