संसद विघटनविरुद्ध जसपाको आन्दोलन जारी, आज ६ वटा जिल्लामा विरोध सभा हुने

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, १० : ५०
संसद विघटनविरुद्ध जसपाको आन्दोलन जारी, आज ६ वटा जिल्लामा विरोध सभा हुने

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज विभिन्न ६ वटा जिल्लामा एक साथ विरोध सभाको आयोजना गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि दलहरु आन्दोलित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरुले अहिले आन्दोलन गरिरहेका छन् ।

जसपा नेपालले पुस २५ गतेदेखि दोस्रो चरणको आन्दोलनका शुरु गरेको छ । त्यसै अन्तर्गत आज सुनसरीको धरान, सर्लाहीको मलगंवा, सिरहा, बाराको कलैया, कपिलवस्तुको तौलिहवा र रौतहटमा कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस