कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०७७, १६ : ०४
कोभिड १९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो । विभागले दुई दिन अघि आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता आहृवान गरेको थियो ।

यो औषधि सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको हो । खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । ‘कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको हो । 

प्रतिक्रिया दिनुहोस