थपिए २ सय ७० जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०७७, १५ : ५९
थपिए २ सय ७० जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा २ सय ७० जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ ।

शुक्रबार ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।काठमाडौँमा १ सय ४४, भक्तपुरमा ६ र ललितपुरमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घन्टामा ३ हजार ८४ पीसीआर परीक्षण भएको छ । देशभर ४ हजार ३ सय १ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार हाल देशभर १ सय ६५ जना कोरोना संक्रमितको आईसीयूमा र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस