देउवालाई सुजाताको सुझाव : ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस्

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १६ : ४५
देउवालाई सुजाताको सुझाव : ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस्

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुजाता कोइरालाले ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलैजान सुझाव दिएकी छन् । 

संसद पुनःस्थापना नगरिकनै चुनाव गर्न खोजे रक्तपात हुने उनको चेतावनी छ । रिपोर्टर्स क्लब नेपालमा उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताइन् । पार्टी सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको कोइरालाको आरोप छ ।

असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको बताइन् । नेत्री कोइरालाले यसबारे केन्द्रीय कमिटी बैठकमा सवाल उठाउने समेत बताइन् । ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ’ उनले भनिन् ।  
 

प्रतिक्रिया दिनुहोस