जन्ती बोकेको जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १५ : २५
जन्ती बोकेको जिप दुर्घटना, बेहुलासहित १३ जना घाइते

गुल्मी । जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा बेहुलासहित १३ जना घाइते भएका छन् । 

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

प्रहरीका अनुसार जिप सडकबाट अन्दाजी १८ मिटर तल खसेको छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस