माघे सक्रान्तीको अवसरमा हाम्रो टिम नेपालले सडकमा भौतारिईरहेका व्यक्तिहरुलाई खाना खुवाउँदै

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १३ : ३७
माघे सक्रान्तीको अवसरमा हाम्रो टिम नेपालले सडकमा भौतारिईरहेका व्यक्तिहरुलाई खाना खुवाउँदै

फाइल तस्विर

काठमाडौं । रोजगारविहिन भएर सडकमा भौतारिईरहेका व्यक्तिहरुलाई हाम्रो टिम नेपालले माघि पर्व तथा माघे सक्रान्तीको अवसरमा खानेकुरा वितरण गरेको छ ।

बिहिबार थापाथलीमा रोजगारीविहिन भई भौतारिइरहेका व्यक्तिहरुलाई माघे सक्रान्तीको अवसरमा हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको हो । दजनौँको संख्यामा उपस्थित व्यक्तिहरुलाई सेलरोटी, चाकु, तरुल, खिचडी, घिउ लगायतको खानेकुरा खुवाईएको थियो । हुनेखानेले मात्रै होईन, नहुनेका लागि पनि चाड मनाउनको निम्ति रोजगारी गुमेकाहरुलाई माघे सक्रान्तीको अवसरमा सकेको सहयोग गरेको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए ।

रोजगारी नपाएको तथा दैनिक जिवनयापनमा समेत अप्ठ्यारो परिस्थिति आएको भन्दै आफुहरु हाम्रो टिम नेपालले खानेकुरा वितरण गरेको ठाउँमा आएको रविन्द्र दाहालको भनाई छ । सरकारले रोजगारविहिन नागरिकलाई हेरचाह गर्नुपर्ने उनले बताए ।

हाम्रो टिम नेपालले बेलाबेलामा रोजगारविहिन व्यक्तिहरुलाई यसरी खानेकुरा वितरण गर्दै आएको छ । आगामी दिनमा पनि विभिन्न चाडपर्वको अवसरमा यसरी नै खानेकुरा वितरण गरिने जनाईएको छ ।
 

प्रतिक्रिया दिनुहोस