थपिए ४ सय ४५ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २९ पुस २०७७, १७ : ०३
थपिए ४ सय ४५ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४४५ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ ।

बुधबार ४ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७ सय ७२ पुगेको छ ।

गत २४ घन्टामा ४ हजार १ सय ५४ पीसीआर परीक्षण भएको छ । 

प्रतिक्रिया दिनुहोस