चितवन । चितवनको भरतपुर महानगरमा कृषि र पशुपालन क्षेत्रमा उल्लेखनीय कामहरु भएका छन् । भरतपुर महानगरपालिकाले तीन वर्षको कार्यक्रमको समीक्षा गर्नको लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख रेनु दाहालले कृषि र पशुपालन क्षेत्रमा उल्लेखनीय काम भएको जानकारी गराइन् ।
कृषितर्फ चिस्यानसहितको प्याकिङ हाउस निर्माण, साना किसानहरूलाई कृषि ऋणमा व्याज अनुदान, चैते धान प्रवद्र्धन कार्यक्रम, एक वडा एक फलफूल, तरकारी र पुष्प नर्सरी स्थापना, डिप बोरिङ निर्माण र नहर कुलो मर्मत कार्यक्रमलगायतका १५ वटा स्वीकृत कार्यक्रमहरूको सूचना प्रकाशन गरी काम अगाडि बढाइएको जानकारी गराएकी थिइन् ।
उनका अनुसार गत आवको कृषि क्षेत्रको क्रमागत योजनाहरू सम्पन्न हुने क्रममा रहेका छन् । दुग्ध किसानहरुलाई प्रतिलिटर एक रुपैयाँ अनुदान कार्यक्रम निरन्तर चलिरहेको प्रमुख दाहालको भनाइ छ ।
नेपाल सरकार सशर्त अनुदानतर्फ कृषि सहकारी संस्था मार्फत् भरतपुर महानगरपालिका वडा नं. २१, पार्वतीपुरमा खाद्य गोदाम घर निर्माण सहयोगलागत साझेदारीमा कार्यक्रम सम्झौता भई निर्माणको क्रममा रहेको महानगरले जनाएको छ । यस्तै पशु विकासतर्फ यस अवधिमा १० हजार ७ सय ४२ गाई, १ हजार २ सय ८६ भैंसी र ५९ बाख्रा गरी जम्मा १२ हजार ८७ पशुहरूमा कृत्रिम गर्भाधान गरिएको छ । गाईभैंसीहरूमा बाँझोपन निवारण घुम्ती घरदैलो शिविर राखिएको भरतपुर महानगर पशु विकास शाखाले जनाएको छ ।
२ हजार ७० पशुवस्तुहरूमा खोप लगाइएको, २२ हजार १ सय ५५ पशुपक्षीहरूको उपचार गरिएको, २ हजार ३ सय ९० गोवर परीक्षण गरिएको छ ।
चालु आवको अनुदान कार्यक्रम कार्यान्वयनका लागि पशुसेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ तयार गरी सूचना प्रकाशन भई प्रस्तावकहरूको प्रारम्भिक मूल्याङ्कनको काम सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ पुस २०७७, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरपालिकाको वार्षिक समिक्षा सकियो
गौतमबुद्ध क्रिकेट रंगशालामा भरतपुर महानगर र निर्माण कम्पनीको संयुक्त सर्भे
सिमलताल पहिरो : विकका परिवारलाई दुई लाख सहयोग, हालसम्म २० शव फेला
भरतपुर महानगरले दियो ५४ सङ्घ संस्थालाई कृषि सामग्री
भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट (पूर्णपाठसहित)
बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर