नेकपा प्रचण्ड–माधव पक्षको पाँचथरमा जिल्ला संघर्ष समिति गठन

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, १३ : ३१
नेकपा प्रचण्ड–माधव पक्षको पाँचथरमा जिल्ला संघर्ष समिति गठन

सांकेतिक तस्विर

पाँचथर । प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षले पाँचथरमा जिल्ला संघर्ष समिति गठन गरेको छ ।

उक्त पक्षले जिल्ला सचिव होमबहादुर जबेगूको संयोजकत्वमा जिल्ला कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका केन्द्र तथा जिल्लाका नेताहरु, स्थानीय तह कमिटीका पदाधिकारी तथा सदस्यहरु सम्मिलित ११११ सदस्यीय संघर्ष समिति गठन गरेको जनाएको छ । आज (सोमवार) फिदिममा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त संघर्ष समितिले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

संघर्ष समितिका संयोजक जबेगूका अनुसार घर–घरमा प्रतिनिधिसभा विघटनका विषयमा पर्चा वितरण गर्ने, जिल्लाका ६० वटै वडामा पोष्टरिङ तथा कालो झण्डा गाढ्ने, मुख्य बजारहरुमा मोटरसाइकल ¥याली निकाल्ने तथा केन्द्रबाट घोषित विरोधका कार्यक्रमहरु सञ्चालन तय गरिएको छ ।

नेकपाको उक्त पक्षले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा प्रतिनिधिसभाको पुनस्र्थापनाका लागि जिल्ला स्तरमा निरन्तर संघर्षका कार्यक्रम सञ्चालन गर्ने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक, स्वेच्छाचारी र सर्वसत्तावादी कदम’ भएको आरोप लगाउँदै उक्त पक्षले प्रतिनिधिसभाको पुनस्र्थापना नभएसम्म विरोधका कार्यक्रममा ऐेक्यवद्धता जनाउन अन्य राजनीतिक शक्तिसँग आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस