सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक कार्यालयलाई रिफ्लेक्टिङ स्टिकर सहितको ड्रम सहयोग

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, ०८ : ३८
सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक कार्यालयलाई रिफ्लेक्टिङ स्टिकर सहितको ड्रम सहयोग

चितवन । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई साबधानीमुलक रिफ्लेक्टिङ स्टिकर सहितको ड्रम हस्तान्तरण गरिएको छ । 

उक्त जनचेतनामुलक ड्रम सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा लि ले  उपलब्ध गराएको हो । कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत १५ वटा ड्रम, ५० भन्दा बढी ड्रमको लागि स्ट्रीकर, १,००० प्रति असल चालक म स्ट्रीकर र कोभिडको सूचना टासिएको स्ट्रीकर २,००० प्रति सहयोग गरेको छ ।

कलेजले एक कार्यक्रमको आयोजना गरि उक्त सामग्री जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टलाई हस्तान्तरण गरेको छ । जिल्लामा पछिल्लो समय दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण गर्नका लागि यो सामग्री ट्राफिक प्रहरीलाई सहयोग गरिएको  सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेलले बताए । 

मुख्य कार्यालय काठमाडौँमा यो कलेजले देशको विभिन्न ठाउँमा आफ्नो शाखा कार्यालयहरु मार्फत जापानीज भाषा पढाइ, तथा परामर्श दिदैं आएको छ ।  कलेजले बिगतका दिनहरुमा पनि  चेतना मुलक तथा खेलकुद क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस