काभ्रेमा ६ वर्षीया बालिकाकाथि भयो यौन दुव्र्यबहार,५४ वर्षीय पुरुष पक्राउ

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, १२ : ३९
काभ्रेमा ६ वर्षीया बालिकाकाथि भयो यौन दुव्र्यबहार,५४ वर्षीय पुरुष पक्राउ

सांकेतिक तस्विर

काभ्रे  । काभ्रेमा बालिकामाथि यौन दुव्र्यबहार गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । 

बुधबार साँझ काभ्रेको पाँचखाल नगरपालिका–१२ बालुवा बस्ने ५४ वर्षीय प्रेम लामा ६ वर्षीया बालिकालाई यौन दुव्र्यबहार गरेको अभियोगमा पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस