मंगलबारे, इलाम । इलामको करफोकमा जारी प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि मेचीनगर नगरपालिका, झापाले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा मेचीनगर नगरपालिकाले आयोजक सूर्योदय नगरपालिकालाई ट्राइवेकरका आधारमा ३–० गोल अन्तरले पाखा लगाउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
निर्धारित समयमा दुवैतर्फबाट तीन÷तीन गोल गर्दै बराबरी गरेपछि ट्राइवेकरका आधारमा नतिजा लिइएको हो । उपाधिसँगै मेचीनगरले रु एकलाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यस्तै, द्धितीय भएको सूर्योदय नगरपालिकाले रु ७५ हजारसहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
इलाम, पाँचथर र झापाका ११ वटा नगरपालिकाका टिमको सहभागिता रहेको प्रतियोगिता सूर्योदय नगरपालिका–१० स्थित करफोक खेलमैदानमा सञ्चालन भएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस