कस्तो होला करिश्माकी छोरी कविताको डेब्यू फिल्म ?

सफल खबर संवाददाता

बुधबार, २२ पुस २०७७, ११ : ५३
कस्तो होला करिश्माकी छोरी कविताको डेब्यू फिल्म ?

काठमाडौं । अचेल कलाकारका सन्तान अभिनयमा देखिनु सामान्य भैसकेको छ । किनभने थुपै्र कलाकार सन्तान अभिनयमा भित्रिएका छन् । तीमध्य कतिले आफ्नो पहिचान बनाएका छन्, कति त्यसै हराएका छन् ।

यस्तैमा सदावहार अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि अभिनयमा देखिँदैछिन्, फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत । फिल्म माघ १ गतेबाट प्रर्दनशमा आउदैछ । मंगलबार फिल्मको शीर्ष गीत समेत सार्वजनिक भएको थियो । जसमा कविता र अभिनेता शक्ति श्रेष्ठको रोमान्स देख्न सकिन्थ्यो । कार्यक्रममा भने शिव श्रेष्ठ बाहेकका कलाकार कोही पनि देखिएका थिएनन् ।

यो फिल्म अभिनय अगाडि करिश्मा आफैले निर्देशन गरेर कवितालाई डेब्यु गराउने बताएकी थिइन् । तर त्यो कुरो त्यतिकै सेलाएको थियो । हुन त अहिले कोरोनाको कहर छ । फिल्म हलमा दर्शक  देखिएका छैनन् । यस्तो अवस्थामा पनि फिल्म रिलिज गरेर लगानीको जोखिम मोल्न तयार देखिएका छन्  निर्माता समेत रहेका कलाकार शिव श्रेष्ठ । 

फिल्म रिलिजसँग लगानी मात्र होइन । डेब्यु कलाकारको भविष्य समेत जोडिएको हुन्छ । त्यसैले यो फिल्म कस्तो हुने हो भन्ने चिन्ता अहिले यसैबाट डेब्यु गर्न लागेकी कवितामा पनि छ । दिपेश सापकोटाको निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस