अभिनेता सोनु सुद गरिबका लागि भगवान साबित

एजेन्सी

बुधबार, ०८ पुस २०७७, २० : ४२
अभिनेता सोनु सुद गरिबका लागि भगवान साबित

मुम्बई । अभिनेता सोनु सुद गरिबका लागि भगवान साबित भएका छन् । उनले सर्वसाधरणका लागि गर्दै आएको मद्दतको सिलसिला अहिले पनि जारी रहेको छ ।

हालै उनले १७ बर्षकी एक बच्चीको उपचारमा मद्दत गरेका छन् । जो ब्रेन ट्युमरबाट पिडित रहेकी थिइन् । उनको यो मद्दतको चौतफी तारिफ भैरहेकोछ ।

एक ट्वीटर प्रयोगकर्ताले बच्चीको रिपोटको तस्बिर सोसल मिडियामा शेयर गर्दै सोनुसँग सहयोगका लागि अफिल गरेका थिए । उनले ट्वीटमा लेखेका थिए ‘यस बच्चीको तुरुन्त उपचार नभए ढिलो हुनजान्छ ।’

ट्वीटरमा देख्ने बितिकै सोनुले जवाफ फर्काएका थिए ‘ढिलो कसरी हुन्छ । आजै उनको सर्जरी हुन्छ ।’ सोनुले यो ट्वीट आफ्नो समाजसेवी संस्था ‘इलाज इन्डिया’को ट्वीटर एकाउन्टमा समेत ट्याग गरेका थिए ।

यस अगाडि पनि सोनुले देशका कयौ ब्यक्तिको मद्दत गरिसकेका छन् । उनको मद्दतको सिलसिला देखेर फ्यान अहिले उनलाई देवता मान्न थालेका छन् । तेलंगानाको सिद्धीपेट जिल्लाको डुब्बा टान्डा गाउका अधिकारीले सोनुको मद्दतको सम्मानमा उनको नाममा एक मन्दिर समेत बनाएका छन् । मन्दिर भित्र सोनुको मुर्ति पनि राखिएको छ । मन्दिर गतआइतबार खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस