अभिनेत्री श्वेता खड्काले कसिन् लगनगाँठो

सफल खबर संवाददाता

सोमबार, २२ मंसिर २०७७, १७ : ०६
अभिनेत्री श्वेता खड्काले कसिन् लगनगाँठो

काठमाडौं। अभिनेत्री श्वेता खड्काले लगनगाँठो कसेकी छन् । उनले धनगढीका विजयेन्द्रसिंह रावतसँग लगनगाँठो कसेकी हुन्। 

काठमाडौंको गोकर्ण रिसोर्टमा आज श्वेता खड्काले विजयेन्द्रको हातबाट सिन्दुर लगाइन् ।  व्यापारिक घरानाका विजयेन्द्रको घरमा एक दाजु र बुबाआमा छन् । 

नायिका श्वेतासँग विजयेन्द्र एक वर्षदेखि प्रेमसम्बन्धमा थिए ।  यसअघि श्वेताले २०७४ सालमा नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाह गरेको एक महिनामै श्रीकृष्णको भारतमा उपचारको क्रममा निधन भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस