‘मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म’: अभिनेत्री खड्का

सफल खबर संवाददाता

सोमबार, २२ मंसिर २०७७, १० : १९
‘मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म’: अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छिन् । 

विवाहकै दिन श्वेताले आफ्नो फेसबुक अकाउन्टमा आफ्नो मेहेन्दी कार्यक्रमका केही तस्बिर सार्वजनिक गरेकी छिन् । फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘मेहेन्दीको रङहरुसँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म।।।’

धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज  लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ ।

कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच उनको र विजयन्द्रको विवाह समारोह आयोजना गरिएको छ ।

विवाहमा दुबै तर्फका नजिकका सिमित व्यक्तिको मात्र उपस्थिती रहने बताइएको छ ।

तस्बिर साभारः स्वेताको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस