कोन्कणाको ‘बोल्ड निर्णय’ विवाह अगाडि नै गर्भवती अनि सम्बन्धविच्छेद

एजेन्सी

विहीबार, १८ मंसिर २०७७, १२ : १३
कोन्कणाको ‘बोल्ड निर्णय’ विवाह अगाडि नै गर्भवती अनि सम्बन्धविच्छेद

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री कोन्कणा सेन प्रायः व्यक्तिगत जीवनलाई लिएर चर्चामा आउने गर्छिन् । उनी अहिले ४१ वर्षकी भइन् । उनले आफ्नो करियरको बीचमा गरेका केही ‘बोल्ड निर्णय’ ले भने उनको छवी नै फरक रहेको छ ।

उनले बालकलाकारको रुपमा नै आफ्नो करियरको यात्रा सुरु गरेकी थिइन् । उनले सन् १९८३ मा नै बंगाली फिल्म ‘इंदिरा’ बाट करियरको सुरुवात गरेकी हुन् । त्यसपछि उनले बलिउड फिल्मबाट थुप्रै दर्शकको मन जितिन् । 

उनको ‘आजा नच’ फिल्मको सेटमा अभिनेता रणवीर शौरीसँग भेट भयो । उक्त सेटमा नै उनीहरुको प्रेमसम्बन्ध सुरु भयो । अफेयरको क्रममा नै उनी गर्भवती भइन् । त्यसपछि उनले विवाह गर्ने फैसला गरिन् । उनीहरुले हतार हतार सन् २०१० मा विवाह पनि गरे । उनले विवाहको केही महिनामा नै छोरा जन्माइन्  । तर रणवीर र कोन्कणाको विवाह लामो समय चलेन । 

विवाहअगाडि नै गर्भवती भएर दुनियाँलाई चकित पारेकी सेनले सन्तान जन्माएलगत्तै सम्बन्धविच्छेद गरेपछि सबै हैरान भए । 

अलग भएको ५ वर्षपछि उनीहरुको कानुनी रुपमा सम्बन्धविच्छेद भयो । 

प्रतिक्रिया दिनुहोस