जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुलहादुलही सहित १३ जना घाईते

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, ०९ : ११
जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुलहादुलही सहित १३ जना घाईते

धनगढी । जन्ती बोकेको गाडी कैलालीमा दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । उक्त दुर्घटनामा दुलहा दुलही समेत घाईते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले कैलालीको गोदाबरीमा जन्ती बोकेको सुपप्र ०१००१ ज १२५४ नम्बरको वीङ्गर दुर्घटनामा परेको जनाएको छ। प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा दुलाह कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार र दुलही बैतडीको दोगडाकेदार गाउँपालिका– की १९ वर्षीया डम्मरा लावड रहेका छन ।

यस्तै दुर्घटनामा बैलौरी नगरपालिका वडा नम्बर ३ का वर्ष १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिश लुहार, बैतडीको दोगडाकेदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडाकेदार–६ बस्ने २० वर्षीय अर्जुन लुहार, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने गोरे लुहार, बेलौरी नगरपालिका–३ बस्ने ७ वर्षीय प्रदीप चौधरी लगायत रहेका छन् । घाईतेहरुमध्ये  ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ  घाइतेहरुको अत्तरिया र धनगढीका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस