अभिनेत्री श्वेता खड्का यही मंसिरमै लगनगाँठो कस्दै

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, ०८ : २३
अभिनेत्री श्वेता खड्का यही मंसिरमै लगनगाँठो कस्दै

काठमाडौं । अभिनेत्री श्वेता खड्काले यही मंसिर महिनामै विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग  लगनगाँठो कस्न लागेकी हुन् । 

श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ ।  उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी हुन् । विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ । हुन त स्वेता र विजयेन्द्रको विवाहको बिषयमा केही महिनायता मिडियामा बिभिन्न समाचार छाउने गरेको थियो । तर, अभिनेत्री श्वेताले भने उक्त समचारमा खन्डन गर्दै आएकी थिइन् । 
यस अगाडि उनको बिवाह गत ५ मंसिरमा हुने हल्ला चलेको थियो । त्यतिबेला पनि उनले बिहे गर्ने खबर झुट भएको बताएकी थिइन् । फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि।सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।  स्वेता र विजयेन्द्रको बिषयमा मिडियामा पहिलो खबर त्यतिबेला बाहिर आएको थियो । जतिबेला उनले विजेन्द्रको आमालाई शुभकामना दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस