ड्युटीमा ९ घन्टा हराएका डिएसपी चौधरी निलम्बन

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १६ : ११
ड्युटीमा ९ घन्टा हराएका डिएसपी चौधरी निलम्बन

काठमाडौँ । ड्युटीमा ९ घन्टा हराएका प्रहरी नायब उपरीक्षक डिएसपी भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।उनलाई मन्त्रालयले प्रहरीको आचरणविपरीत काम गरेको भन्दै मंसिर १२ गते गत शुक्रबारदेखि लागू हुने गरी निलम्बन गरेको हो।

डिएसपी चौधरी मंसिर ९ गते ड्यूटीकै समयमा सम्पर्कविहीन भएका थिए। अर्को दिन बिहान उनी आफैं सम्पर्कमा आएका थिए।उनीमाथि छानविन गर्न प्रदेशका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाको नेतृत्वमा छानविन समिति गठन भएको थियो । 


     

प्रतिक्रिया दिनुहोस