काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उदघाटन गर्ने विषयमा भएको विवादका क्रममा भएको प्रदर्शनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
‘भर्खर प्रहरी परिचालन गरी मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्’, पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार
चार देशका नवनियुक्त राजदूतहरूले लिए राष्ट्रपतिबाट शपथ
राष्ट्रपतिद्वारा ढुंगानाका परिवारप्रति समवेदना
राष्ट्रपति पौडेल स्वदेश फिर्ता (तस्बिरहरू)