महालक्ष्मीको भिषा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १४ : २०
महालक्ष्मीको भिषा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा

फाइल तस्विर

काठमाडौं । महालक्ष्मी विकास बैंक लि. ले भिषा कन्ट्याक्टलेस कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

भिषा कन्ट्याक्टलेस कार्ड नियर फिल्ड कम्युनिकेशन ( एनएफसि) मा आधारित प्रविधि हो जसमा प्रत्यक्ष स्पर्श नगरिकन सरल तथा छरितो तरिकाले पिओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ ।

महालक्ष्मी विकास बैंक लि. भिषा कन्ट्याक्टलेस कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास बैंकहरु मध्ये प्रथम बैंक हो ।

यस कार्डको प्रयोगबाट विश्वभर फैलिएको कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले नयाँ प्रविधिको सुरुवात गरी आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ अनुभव दिन खोजेको जनाएको छ । ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ । 

                                    

प्रतिक्रिया दिनुहोस