आधुनिक शवदाह गृह सञ्चालनमा

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, १२ : ०१
आधुनिक शवदाह गृह सञ्चालनमा

सांकेतिक तस्विर

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ । 

एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुशण रहित शवदाह गृह आज (बुधबार) देखि सञ्चालनमा आएको हो ।

आज बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ । 

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपती क्षेत्रका लागि महत्वपूर्ण हुने बताए ।

आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए ।

यस्तै एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।   

प्रतिक्रिया दिनुहोस