आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, १७ मंसिर २०७७, ०८ : ०८
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको  जनाएको छ ।   

महाशाखाका अनुसार बुधबार दिनभर नै बाग्मती  प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

यस्तै बुधबार राति गण्डकी, बाग्मती र प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ  । यस्तै बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस